महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले थाइल्याण्डसँग खेल्दै

  • नेपालले आज थाइल्याण्डसँग आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को अन्तिम खेल खेल्नेछ।
  • नेपालले सोमबार यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरी ग्लोबल छनोटमा पुगेको छ ।
  • कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि जित्ने लक्ष्य राखेकी छन् ।

६ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।

खेल विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् ।

सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।

नेपालकी कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि नै जितेर फर्कने लक्ष्य राखेको बताइन् । ‘अब हामीलाई हार्नका लागि केही पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।

नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले यस छनोटमा शानदार प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलिन् ।

नेपालले थाइल्याण्डलाई हालसम्म हराउन सकेको छैन । पछिल्लोपटक यसै वर्ष फेब्रुअरीमा कीर्तिपुरमै भएका तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः