कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु, चालक पक्राउ

spot_img

वीरगञ्ज । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडकखण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा पार्किङ गरिएको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनामा महाराजगन्ज नगरपालिका–२ गैडहवाका आशिष कश्यपका १२ वर्षीय छोरा आनन्द कश्यप गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यस्तै, साइकलमा सवार महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार प्रारम्भिक अनुसन्धानबाट ट्रकले सडक किनारमा रोकिराखिएको मोटरसाइकल र साइकललाई ठक्कर दिएको देखिएको छ।

दुर्घटनापछि ट्रक चालक मोरङका ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः