वीरगन्जका ग्यास डिलरहरुमा सीडीओ दाहालको अनुगमन, अधिकांश डिलरमा भेटियो खाली सिलिण्डर

spot_img

वीरगन्ज,२३ साउन : वीरगन्जहित देशभरका बजारमा खानना पकाउने एलपी ग्यासको अभाव भएपछि शनिबार पर्साका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले वीरगन्जका विभिन्न स्थानमा रहेका ग्यास डिलर (आधिकारीक बिक्रेता)हरुमा अनुगन गरेको छ ।

प्रजिअ दाहाल नेतृत्वको टोलीले शनिबार वीरगन्जको रानीघाट,बनारसी चोक, बनारसी चोक, रानीघाट, श्रीपुर, ओमआश्रम, पानीटंकी, रेशमकोठी लगायतका स्थानमा रहेका ग्यास डिलरहरुमा पुगेर अनुगन गरेको हो । अनुगमनका क्रममा टोलीले ग्यास डिलरहरुमा रहेका सिलिण्डरको मौज्दात तथा आपूर्ति अवस्थाबारे जानकारी लिएको थियो।त्यसक्रममा अधिकांश डिलरहरुमा भरिएका ग्यास सिलिन्डरको मौज्दात न्यून देखिएपनि खाली सिलिन्डर ठूलो संख्यामा मौज्दात रहेको भेटिएको थियो।

अनुगमन टोलीलाई डिलर सञ्चालकहरुले ग्यास बोटलीङ प्लाण्ट (उद्योग)ले समयमै ग्यास उपलब्ध नगराउँदा उपभोक्ताको मागअनुसार वितरण गर्न नसकिएको जानकारी गराएका थिए ।

अनुगन टोलीमा प्रजिअ दाहालसगैं सहायक प्रमुख जिल्ला अधिकारीद्व दयाकृष्ण थापा र कृष्णप्रसाद चापागाईं, प्रहरी नायब उपरीक्षक राजु कार्की, नेपाल आयल निगम वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख मोहनकुमार साह, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका मधुलेश साह, उपभोक्ता संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल, ग्यास बिक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साह लगायतकाको पनि सहभागिता थियो ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः