वीरगंज । वीरगञ्ज महानगरपालिका–१४ कृष्ण प्रणामी चोकबाट प्रहरीले १६.५७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति करिब १०ः३० बजे ब्राउन सुगरको खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त टोलीले पैदल हिँडिरहेका शंकास्पद व्यक्तिलाई रोकेर खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भारत बिहार, मोतीहारी, पंटोका श्रीपुर ग्राम पञ्चायत–१ बस्ने २५ वर्षीय शत्रुधन पासवानको पाइन्टको खल्तीबाट प्लास्टिकसहित १८ ग्राम ८० मिलिग्राम र प्लास्टिकबाहेक १६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।






