इन्डियन प्रिमियर लिग (आइपीएल)मा चेन्नई सुपर किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी)अङ्कतालिकाको शीर्षमा उक्लिएको छ।
बेङ्गलोरको घरेलु मैदान एम चिन्नस्वामी क्रिकेट स्टेडियममा चेन्नाईमाथि २ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बैङ्गलोरले २१३ रन बनाएको थियो।
आरसीबीले दिएको २१४ रनको विजयी लक्ष्य पछाएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २११ रन मात्रै बनायो।
चेन्नाईका लागि ओपनर आयुष मात्राले सर्वाधिक ९४ रनको पाली खेले। उनले ४८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे। अर्का ओपनर सइक रसिदले १४ रन बनाए। कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाउँदै पेभेलियन फर्किए। रविन्द्र जडैचाले ७७ रनको अविजित पारी खेले शिवम दुबे ८ रनमा अविजित रहे। आन्टी मगरसम्म पनि निकै रोमाञ्चक बनेको यस खेलमा आरसीबीले २१३ रन डिफेन्ड गर्यो।
आरसीबीको लागि बलिङ तर्फ लुङ्गी गिदीले सर्वाधिक ३ विकेट लिए। कुर्णाल पाण्ड्या र यश दयालले १-१ विकेट लिए।
पहिलो इनिङमा ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१३ रन बनायो।
आरसीबीका लागि विराट कोहोलीले सर्वाधिक ६२ रन बनाए । अर्का ओपनर ज्याकोब बैट्हेलले ५५ रन बनाए। यी दुई ओपनरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। देवदत्त पार्टिकलले १७, कप्तान रजत पार्टीदारले ११ रन बनाउँदा रोमारियो स्टेफर्डले ५३ रनको अभिजित पारी खेले।
चेन्नईका लागि बलिङतर्फ माथेसा पाथिरानाले सर्वाधिक ३ विकेट लिए। नुर हमिद र साम करणले १-१ विकेट लिए।
यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको चेन्नाई दुईजितसहित अंकतालिकाको पुच्छरमा रहेको छ। ५ पटकको आइपीएल विजेता चेन्नाई लगातार दोस्रोपटक प्लेअफ समीकरणबाट बाहिरिएको हो।
चेन्नाईलाई हराएसँगै आरसीबी भने अंकतालिकाको शीर्षमा छ। आरसीबीले ११ खेलमा ८ जित र ३ हार सहित १६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लेको छ।




