
वीरगञ्ज । आस्था नेपालको आयोजनामा मर्यादा पुरुषोत्तम भगवान श्री रामलला को पावन जन्मोत्सव रामनवमी अवसरमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम श्री गहवा माई मन्दिर परिसरमा आयोजना गरिएको थियो जहाँ भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। श्रद्धालुहरूले रामललाको भजन–कीर्तनमा सहभागी हुँदै आस्थासाथ पूजा–अर्चना गरे।

आस्था नेपालका प्रतिनिधिहरूले भगवान रामको आदर्श र मर्यादालाई आत्मसात गर्दै समाजमा सत्य, नैतिकता र सेवा भावको सन्देश फैलाउनु आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको अन्त्यमा प्रसाद वितरण गरियो जसमा सयौँ भक्तहरूले सहभागी भएर पुण्य लाभ प्राप्त गरे।
यस अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई रामनवमीको हार्दिक शुभकामना व्यक्त गरिएको थियो।





