सिराहाको दङ्गल कुस्तीमा पर्साका सुजित यादव विजयी, चाँदीको पदक र गदा जिते

spot_img

सिराहा जिल्लामा लक्ष्मी पूजाको अवसरमा आयोजित दङ्गल कुस्ती प्रतियोगितामा पर्साका अन्तर्राष्ट्रिय कुस्ती खेलाडी सुजित यादवले उत्कृष्ट प्रदर्शन गर्दै ७५ केजी तौल समूहमा विजय हासिल गरेका छन्।

२०८३ कात्तिक २३ र २४ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भारतको हरियाणा, उत्तर प्रदेश, बिहारसहित नेपालका विभिन्न स्थानका कुस्ती खेलाडीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगिताअन्तर्गत कात्तिक २३ गते उत्तर प्रदेशको बलियाका अङ्गदसँग सुजित यादवको प्रतिस्पर्धा भएको थियो। त्यस्तै, कात्तिक २४ गते गोरखपुरका अभिषेकसँग उनले ७५ केजी तौल समूहमा कुस्ती खेलेका थिए।

 

दुवै दिनको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका सुजितले ७५ केजी क्याटेगरीमा विजयी हुँदै चाँदीको पदक र गदा हात पार्न सफल भए।

पर्सा जिल्लास्थित राधेमाई कुस्ती अखडाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका सुजितको सफलताले अखडासँगै पर्सा जिल्लाको खेलकुद क्षेत्रको पहिचान थप उँचो बनाएको छ।

विजय हासिल गरेपछि सुजित यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सफलताका लागि सहयोग, साथ र हौसला प्रदान गर्ने सम्पूर्ण गुरु, प्रशिक्षक, परिवारका सदस्य तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः