हेटौंडा,२४कात्तिक:मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ ४ बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका ३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा दाईलाई टिका लगाउन आएकी पत्निलाई भेटन उनी सोमबार लमजुङबाट आएका थिए ।प्रहरी उपरिक्षक खत्रीका अनुसार घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।






