बारामा दुई लाख बढी मूल्यका पटाका बरामद गरी नष्ट

spot_img

पर्सा, २४ कात्तिक। जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट अवैध रूपमा भित्र्याइएको दुई लाख बढी मूल्यको पटाका तथा आतिसबाजी नियन्त्रणमा लिएर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कार्यालय मातहत रहेका इलाका प्रहरी कार्यालय जितपुर, प्रहरी चौकी निजगढ र प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न मिति र समयमा सो परिमाणको पटाका बरामद गरेको हो।

प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २ लाख २० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका तथा आतिसबाजीहरू नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः