वीरगन्ज,२६ साउनः वीरगन्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोला सिर्सियामा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नवनिर्मित दुई कोठे भवनको मंगलबार उद्घाटन गरिएको छ। करिब ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको वडाध्यक्ष आशुतोष चतुर्वेदीले उद्घाटन गरेका हुन्।
त्यसअवसरमा वडाध्यक्ष चतुर्वेदीले निर्माण भएका भौतिक संरचनाको संरक्षणसँगै त्यसको प्रभावकारी उपयोग गर्न विद्यालय परिवारसंग आग्रह गरे। उनले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तर सुधार्नपनि उत्तिकै आवश्यक रहेको बताए।
वडाध्यक्ष चतुर्वेदीले उक्त विद्यालयमा मोन्टेस्वरी कक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराउने, स्मार्ट बोर्ड जडान, बाउन्ड्री वाल निर्माण गरिने प्रतिबद्धतापनि जनाए।
विद्यालयको पठनपाठन लगायतका गतिविधिमा हुने कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने भन्दै उनले विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह पनि गरे।






