तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

spot_img

वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका जीतपुरसिमरा–२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई सार्वजनिक गरेका हुन्।प्रहरीका अनुसार जीतपुरसिमरा–१ दसधुरा निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गतेदेखि हराएकी थिइन्। खोजीका क्रममा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।घटनापछि इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारालगायतका प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानबाट १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरी उपरीक्षक कुवरले जानकारी दिए। घटनामा म्याजिक चालक प्रोग्रेस चौधरीको समेत संलग्नता रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवरले जानकारी दिए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः