पर्सा,१ भदाैं:पर्साको जगन्नाथपुरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।आइतबारराति जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट २१२ केजी गाँजासहितकाे ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले उक्त परिमाणको गाँजा र ट्याक्टर पक्राउ गरेको हो।
तस्करहरूले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा लोड गरी लैजाँदै गरेका बेला प्रहरीले पटेर्वा सुगौलीदेखि जगन्नाथपुरसम्म पछ्याएको थियो।राति ११:३० बजे जगरनाथपुर–४ मा प्रहरी टोलीलाई देख्नासाथ चालक र तस्करहरू ट्याक्टर छाडेर फरार भएका प्रहरीको दाबी रहेको छ ।
फरार रहेका चालक र तस्करको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।






