रक्सौलबाट अनटेष्ट मोटरसाइकलमा ब्राउन सुगर ओसार्ने दुई युवक वीरगन्जमा पक्राउ

spot_img

वीरगन्ज,३१साउनः पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साकै पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासनी गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।

आइतबार भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेटमा अनटेष्ट लेखिएको मोटरसाइकललाई लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलमा सवार ती दुवै जनाको साथबाट लागू औषध ब्राउन सुगर ५०.७ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगर र उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिइएका ती दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः