वीरगन्ज,२२ असार:पर्सामा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे बेतिया जिल्लाकाे नवलपुरका ३२ वर्षीय गुड्डु बर्मा रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट आइतबार राति खटिएको प्रहरीको टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको बिआर ०१ सीयु ३५४४ नम्बरको सेतो रंगको कारलाई राेकेर चेकजाँच जाँच गरेको थियो।त्यसक्रममा उक्त कारभित्र लुकाएर राखिएको अवस्थामा १० वटा पोकामा रहेकाे १०२ किलाे ६३८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासंगै उक्त कारमा सवार बर्मालाईपनि कारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
गाँजा र कारसहित नियन्त्रणमा लिइएका बर्मालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।






