सुनको मूल्य तोलामा ५ हजार ९ सयले घट्यो, चाँदी पनि सस्तियो

spot_img

पर्सा, २० कात्तिक। नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ। बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस हप्ता सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ। बुधबार सुनको मूल्य ६०० रुपैयाँले बढेर दुई लाख ७५ हजार ६०० रुपैयाँ पुगेको थियो भने मंगलबार ७०० रुपैयाँ र सोमबार दुई हजार ३०० रुपैयाँले बढेको थियो। गत आइतबार भने सुनको मूल्य तोलामा आठ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा झरेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँ पुगेको थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः