मधेश खेलकुद परिषद्को पहलः पर्साका प्रशिक्षक र निर्णायकको विवरण माग

spot_img

पर्सा । मधेश खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिले जिल्लामा सक्रिय स्वयंसेवक प्रशिक्षक तथा प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्णायकहरूको विवरण संकलन गर्ने भएको छ।

 

मधेश खेलकुद परिषद्को ०८२/०९/२५ गते प्राप्त पत्रको आधारमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा खेल विकास विस्तारलाई मध्यनजर गर्दै यस्तो प्रक्रिया अघि बढाइएको हो। परिषद्को तालिम तथा प्रशिक्षण विभागको नीतिअनुसार पर्सा जिल्लाका विभिन्न खेल संघ–विधामा कार्यरत स्वयंसेवक प्रशिक्षक तथा निर्णायकहरूको डेटाबेस तयार गरिने जनाइएको छ।यसअन्तर्गत सक्रिय स्वयंसेवक प्रशिक्षक तथा प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले आफ्नो नामावली र सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि ०८२ साल माघ २२ गतेभित्र पर्सा जिल्ला खेलकुद विकास समितिमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।कार्यालय प्रमुख नजिर हुसैन अन्सारीद्वारा जारी सूचनामा खेलकुद क्षेत्रको व्यवस्थित विकास तथा आगामी राष्ट्रिय प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन उक्त विवरण संकलन आवश्यक रहेको बताइएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः