कारमा अफिम तस्करी गर्ने पर्साका ३ जना बारामा पक्राउ

वीरगञ्ज,२४ पुस:बारामा प्रहरीले लागू ओैषध अफिमसहित ३ जनालाई पक्राउ गरेकाे छ| पक्राउ पर्नेहरुमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय निलेश पटेल कुर्मी,वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय जौवाद अहमदर पर्साकै बिन्दावासनी गाँउपालिका वडा नम्बर २ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।बिहीबार अपरान्ह इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टाेलीले बाराकाे प्रसौनी गाँउपालिका-१ नकटुवास्थित पतञ्जली बाट नकटुवा तर्फ जादै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी चेक जाँच गरेको थियाे।त्यसक्रममा उक्त कारकाे पछाडिको सिट माथी राखिएको कालो प्लष्टिकमा लागू औषध अफिम २ किलो २४ ग्राम भेटिएपछि कारमा रहेका चालकसहित तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः