विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोध: कोटेश्वरमा महामन्त्री थापाविरुद्ध प्रदर्शन

वीरगञ्ज,नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध कांग्रेस कार्यकर्ताहरूको एक समूहले काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको छ ।

पार्टी नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् ।

 

तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा प्रदर्शनकारीहरूको समूहले कोटेश्वर चोकमा भेला भएर महामन्त्री थापाको विरोध गरेका थियो ।निधिमाथि भएको भनिएको दुर्व्यवहारलाई लिएर उनीहरूले चर्को नाराबाजीसहित थापाको विरोध गरे ।

यसअघि कांग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो । प्रदर्शन गर्नेहरूमध्ये केहीले नेता निधिलाई अपशब्द प्रयोग गरेको भिडियोमा सुन्न सकिन्छ ।कोटेश्वरमा भएको आजको प्रदर्शन सोही घटनाको प्रतिक्रियास्वरूप भएको हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः