
वीरगञ्ज । तराईका जिल्लामा सञ्चालनमा आएका मिनी क्यासिनोहरूमा आपराधिक गतिविधि बढ्दै गएका छन्। नियमानुसार मिनी क्यासिनोहरूले मेसिनबाट मात्र गेम खेलाउन पाउने व्यवस्था भए पनि स्थानीय प्रहरी र प्रशासनसँगको मिलेमतोमा ठूला क्यासिनोहरूमा झैं तास जुवाको खेल सञ्चालन हुने गरेको पाइएको छ।
यो पनि पढनुस् : अपराधको केन्द्र बन्दै वीरगञ्जका क्यासिनो : हुन्डी, देहव्यापार र अवैध गतिविधिको अखाडा किङ्गस क्यासिनो
वीरगञ्ज । वीरगञ्जका विभिन्न होटेलहरूमा सञ्चालित क्यासिनोहरू अपराधको अखाडा बन्दै गइरहेका छन् । विशेष गरी आदर्शनगरस्थित “लर्डस दियालो” होटेलको किङ्गस क्यासिनो यस्तो गतिविधिको केन्द्र बनेको पाइएको छ ।
स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा क्यासिनो सञ्चालक सुजन केसी (कमल) ले क्यासिनोमार्फत हुन्डी कारोबार गरिरहेको खुलासा भएको छ । भारतीय रुपैयाँको माग बढेपछि क्यासिनोबाट अवैध तरिकाले भारतीय रुपैयाँको हुन्डी हुने गरेको एक कर्मचारीले बताए । साथै, भारतबाट नेपाल भित्रिने अवैध सुनको कारोबारलाई समेत क्यासिनोले साथ दिइरहेको आरोप छ ।
पर्यटन विभागले अत्याधुनिक मेसिनबाट मात्रै खेल सञ्चालन गर्न स्वीकृति दिए पनि किंग्स क्यासिनोमा आधा दर्जनभन्दा बढी अवैध कार्ड गेमहरू (म्यारेज, किटी, फ्लास, वैकरेट) सञ्चालन भइरहेका छन् । नेपाली नागरिकको प्रवेश निषेध गर्ने कानुनी प्रावधान भए पनि यहाँ नेपालीहरूको सहज प्रवेश रहेको तथ्य बारम्बार सार्वजनिक भएको छ ।
स्थानीय प्रशासन र नेताको संलग्नता
स्थानीय प्रहरी प्रशासनदेखि सांसदहरूसम्मको सहयोगमा क्यासिनो सञ्चालन भइरहेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुङ्गटाको होटेल “लर्डस दियालो” मा सञ्चालित यो क्यासिनोले कानुनको खिल्ली उडाउँदै विभिन्न अवैध कार्यक्रमहरू आयोजना गर्ने गरेको छ ।
क्यासिनोमा प्रयोग गरिने तासका पत्ता दिल्लीबाट तस्करीमार्फत भित्र्याइने गरेको पाइएको छ । क्यासिनोको प्रवेशद्वारमा साङ्केतिक घण्टीको व्यवस्था गरिएको छ, जसले गर्दा प्रहरी छड्के जाँचका समयमा खेलाडीहरूलाई सुरक्षित रूपमा निकासी गर्ने प्रणाली सक्रिय गरिएको छ ।
स्थानीयवासीको चिन्ता
क्यासिनोको कारण सीमावर्ती क्षेत्रका नेपाली र भारतीय नागरिकहरूले आफ्नो आर्थिक र सामाजिक स्थितिमा ठूलो क्षति बेहोर्नु परेको छ । बैंक, बिमा, जग्गा, र सुनचाँदी व्यापारमा आबद्ध व्यक्तिहरू यहाँ नियमित देखिन्छन् ।
वीरगञ्जका स्थानीय बासिन्दाहरूले क्यासिनोहरूमा हुने यस्ता गतिविधिहरूको छानबिन र नियन्त्रणका लागि कडा कदम चाल्न सरकारसँग माग गरेका छन् । क्यासिनो सञ्चालक सुजन केसीसँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।
नेपालमा दुई प्रकारका क्यासिनो सञ्चालन हुन्छन्। पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठूला क्यासिनो, जहाँ लाइभ जुवा खेलाइन्छ। दोस्रो, उपत्यका बाहिर सञ्चालन हुने मिनी क्यासिनो, जसमा मेसिनबाट मात्र गेम खेल्न पाइन्छ। तर, यो नियम उल्लंघन गर्दै वीरगञ्जको लड्स दियालो प्लाजामा रहेको किङ्गस् क्यासिनोमा खुलेआम तास जुवाको खेल भइरहेको खुलासा भएको छ।
प्रशासन र राजनैतिक संरक्षणमा तास जुवा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अनिल रुङ्गटाको स्वामित्वमा रहेको होटेल लड्स दियालोमा सञ्चालन भइरहेको किङ्गस् क्यासिनोमा सरकारी पहुँच, स्थानीय प्रशासन र वडा अध्यक्षकोको सहयोगमा तास जुवा सञ्चालन हुने गरेको बताइएको छ।
अवैध गतिविधि र नेपाली परिवारको बर्बादी
किङ्गस् क्यासिनोले मिनी क्यासिनोको इजाजत लिएर पनि तास र जुवाका विभिन्न खेल सञ्चालन गर्दै आएको प्रमाण भेटिएको छ। ७९ लाख रुपैयाँ धरौटी राखेर इजाजत लिएको **दियालो गेमिङ प्रा.लि.का गेमिङ्गको तर्फबाट सुजन केसी (कमल) र पप्लुको टेबुल सञ्चालन गर्ने दोस्रो पक्षको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने रामललाको छोरा अजितकुमार गुप्ता रहेका छन् ।
जुवासंगै स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा क्यासिनो सञ्चालक सुजन केसी (कमल) ले क्यासिनोमार्फत हुन्डी कारोबार गरिरहेको खुलासा भएको छ । भारतीय रुपैयाँको माग बढेपछि क्यासिनोबाट अवैध तरिकाले भारतीय रुपैयाँको हुन्डी हुने गरेको एक कर्मचारीले बताए । साथै, भारतबाट नेपाल भित्रिने अवैध सुनको कारोबारलाई समेत क्यासिनोले साथ दिइरहेको आरोप छ ।
किङ्गस् मिनी क्यासिनोमा सञ्चालन हुने पप्लु र म्यारिजका दुई टेबुल मध्ये पप्लुको टेबुलबाट प्रत्येक रात्रि गेमको आम्दानी रकम मध्ये ३० प्रतिशत दियालो गेमिङ्गलाई दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरूकोसमेत भिड लाग्ने गरेको छ । जसले गर्दा कतिपय नेपाल परिवारहरूको बिल्लिबाठ हुन पुगेका छन् ।
किङ्गस् क्यासिनोले सञ्चालन गरेको तास जुवाबाट वीरगञ्जका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् । किङ्गस् क्यासिनोमै म्यारिज, पप्लु र फलासको जुवाबाट वीरगञ्ज माई स्थानको रौनियार थरका कपडा व्यापारी घर न घाटका बनेका छन् । वीरगञ्जका केही धनाढ्य व्यापारी, जसमा रौनियार, अग्रवाल, गुप्ता, र गिरि समुदायका व्यक्तिहरू उल्लेखनीय छन्, क्यासिनोका नियमित खेलाडी रहेका बताइन्छ।

नियम उल्लंघनको चक्रव्यूह
नेपालको क्यासिनो सञ्चालन निर्देशिका अनुसार क्यासिनो अन्तर्राष्ट्रिय सीमाबाट कम्तीमा पाँच किलोमिटर टाढा हुनुपर्ने, पर्यटकीय क्षेत्र घोषणा भएको स्थानमा मात्र सञ्चालन गर्न पाइने, र २५ करोड रुपैयाँ चुक्ता पुँजी अनिवार्य हुनुपर्ने प्रावधान छ। तर, वीरगञ्जका अधिकांश मिनी क्यासिनोहरूले यी मापदण्डहरू उल्लंघन गर्दै सञ्चालन भइरहेको पाइएको छ।
सीमा क्षेत्रका गम्भीर अवैध गतिविधि
किङ्गस् क्यासिनोले भारतीय ग्राहक ओसारपसारका लागि भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्ने गरेको छ। यी गाडीहरूमा भन्सार, सशस्त्र प्रहरी र जनपथ प्रहरीले कुनै जाँच नगर्ने, किनभने सबै तिर सेटिङ्ग मिलाइएको स्रोतले बताएको छ।
स्थानीय प्रशासनको मौनता
वीरगञ्जका मिनी क्यासिनोहरूले जुवा, तास खेलाउनमात्र होइन, अवैध गतिविधि, लक्की ड्र, र देह व्यापारसमेत सञ्चालन गर्ने गरेको आरोप छ। प्रशासनको यो मौनता र भ्रष्टाचारका कारण सीमावर्ती क्षेत्रका क्यासिनोहरू आपराधिक क्रियाकलापको केन्द्र बन्दै गएका छन्।




