एसियाली कुस्ती च्याम्पियनसिपबाट फर्किएका वीरगंजका खेलाडी महानगरद्वारा सम्मानित

वीरगंज । इरानको उरमिया सहरमा सम्पन्न ७ औँ एसियाली कुस्ती च्याम्पियनसिप २०२५ मा सहभागी भई वीरगंज फर्किएका कुस्ती खेलाडीहरूलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ।

 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज आफ्नै कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी प्रतियोगितामा सहभागी ४ जना कुस्ती खेलाडीलाई गम्छा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन। सम्मानित हुने खेलाडीहरूमा कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादव रहेका छन्।

त्यसैगरी, च्याम्पियनसिपमा सहभागी अन्य ११ जना कुस्ती खेलाडीहरूलाई पनि मेयर सिंहले ट्र्याक सुट प्रदान गरी सम्मान गरेका हुन।कार्यक्रममा मेयर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर देश र वीरगंजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद विकासका लागि महानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

 

उनले खेलाडीहरूलाई अझ राम्रो प्रदर्शनका लागि निरन्तर अभ्यास र अनुशासनमा ध्यान दिन आग्रह गरे।

सम्मानित खेलाडीहरूले महानगरपालिकाबाट प्राप्त सम्मानले आफूहरूलाई थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः