भदौमा विभाजित नागरिक उन्मुक्ति पार्टी पुनः एकतामा, चौधरी-श्रेष्ठ नेतृत्व मिल्दै

वीरगञ्ज । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ ।

 

गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने भएको हो । श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।त्यहाँबाट अलग भएर कात्तिक २ गते उनले निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।नागरिक उन्मुक्ति पार्टी नेपालले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ ।

 

अहिले आएर श्रेष्ठको पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागेको हो । नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागिएको श्रेष्ठले पुष्टि गरिन् ।

 

उनले भनिन्, ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ ।’ उनले आफूले रेशम चौधरीको पार्टी मिलाएको भनेपनि नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई रञ्जिता श्रेष्ठले स्वीकार गरेको बताइएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः