पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति, रसुवा बन्द फिर्ता

spot_img

वीरगञ्ज,पीडितका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमतिपछि रसुवा बन्द फिर्ता भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यु भएका कालिका गाउँपालिका-३ का स्काभेटर चालक ५० वर्षीय शिव पौडेलका आफन्त तथा स्थानीयले जिल्ला बन्द गरेका थिए।

रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफल पछि मृतकका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाई रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो।

प्रहरी, कालिका गाउँपालिकाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल पछि सो सहमति भएको लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः