रक्तदानसम्बन्धी भ्रमहरु, जसलाई सत्य मानेर मानिसहरु रगत दिनबाट डराउँछन्

हरेक वर्षको जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइन्छ । यस दिन मानिसहरुलाई रक्तदानका लागि सचेतना फैलाउने काम गरिँदै आएको छ । साथै, आजको दिन रक्तदान गर्ने मानिसहरुलाई आभारसमेत व्यक्त गरिन्छ ।

तर रक्तदानबारे धेरै भ्रम र मिथकहरु छन् । जसकारण मानिसहरु रक्तदानका लागि सहजै तयार हुँदैनन् । सबै जानकारी पाएका व्यक्तिहरुले पटक–पटक रक्तदान गर्ने गरे पनि रगत दिँदा कमजोर भइन्छ, स्वास्थ्यमा समस्या आउने जस्ता भ्रममा रहेका मानिसहरु भने जीवनमा एकपटक पनि रक्तदानका लागि तयार हुन मान्दैनन् ।

रक्तदानसम्बन्धि यस्ता छन् मिथकहरु

रक्तदानमा धेरै समय लाग्छ

प्राय मानिसहरुमा रक्तदानका क्रममा धेरै समय लाग्ने भ्रम हुन्छ । तर वास्तविकतामा भने त्यसो हुँदैन । एक जनाले एक पिन्ट रक्तदान गर्नका लागि करिब ८ देखि १० मिनेटसम्मको समय मात्र लाग्छ । तर दर्ता अन्य औपचारिक प्रक्रिया पूरा गर्न समय लाग्न सक्छ ।

पीडादायी र रिकभर हुन समय लाग्छ

रक्तदान गर्दा अत्यधिक पीडा हुने र निको हुन लामो समय लाग्ने भ्रम अधिकांशमा पाइन्छ । रक्तदान गर्दा तपाईंलाई केही अहसज महशुस भने हुनसक्छ । तर यो पीडादायी भने हुँदैन । शरीरमा रगत भरिने प्रक्रिया पनि छिटो नै हुन्छ । छोटो समयमै शरीरले स्वस्थ रगत उत्पादन गर्छ ।

प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ

रगत दिइसकेपछि शरीरको आन्तरिक प्रतिरक्षा प्रणाली कमजोर हुने मानसिकता धेरैमा पाइन्छ । तर रक्तदान गर्नाले प्रतिरक्षा प्रणाली कमजोर हुन्छ भन्ने कुरा केवल भ्रम मात्र हो । रक्तदान गर्दा शरीरलाई कुनै हानि हुँदैन।

संक्रमणको जोखिम बढ्छ

रक्तदान गर्दा कमजोर भइने र अन्य रोगको संक्रमणको जोखिम बढ्ने मान्यताहरु पनि विद्यमान छन् । तर आजकल रक्तदानका लागि राम्रा उपकरणहरु प्रयोग गरिन्छन् त्यही कारण रोगको संक्रमण हुन्छ भन्ने मान्यता पूर्ण रुपमा गलत हो ।

रक्तदान एकपटक मात्र गर्न सकिन्छ

धेरै जसो मानिसहरु एकपटक रक्तदान गरेपछि दोहोर्‍याएर गर्नु हुँदैन भन्ने मान्छन् । तर एक स्वस्थ मानिसले एक वर्षमा चारपटकसम्म रक्तदान गर्न सक्छन् । हरेक तीन/चार महिनाको अन्तरालमा एकपटक रक्तदान गर्दा शरीरमा कुनै समस्या देखिँदैन ।

रक्तदान समयको बर्बादी हो

रक्तदानलाई जीवनदान पनि भनिन्छ । सबैभन्दा पूण्यको काम हो । तपाईंको रक्तदानले अरु कसैको जीवन बाँच्न सक्छ । त्यसैले आवश्यक परेका बेला समयको बर्बादी या हल्का रुपमा नलिइन रक्तदान गर्नु उपर्युक्त हुन्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः