मधेस प्रदेशमा जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन

spot_img

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ। उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो।

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेको बताइन्। कार्यालयले सोही अवधिमा रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ। अझै रु ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन्।

प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः