नयाँ वर्षको उमङ्गमा पानी : वीरगञ्ज अशान्त, कर्फ्युका कारण होटल, रेष्टुरेन्ट, पर्यटन व्यवसायी निराश

वीरगञ्ज । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकभरि पर्यटक चहलपहलले उत्साह थपिरहेको बेला वीरगञ्ज भने असान्त बनेको छ। हनुमान जयन्तीको अवसरमा शनिबार आयोजित शोभा यात्राका क्रममा भएको झडपपछि शहरमा जारी कर्फ्युले यहाँको पर्यटन क्षेत्र र स्थानीय व्यवसायहरूमा निराशा छाएको छ।

वसन्त ऋतुको रमाइलो मौसम र विद्यालयहरूको वार्षिक शैक्षिक बिदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक वातावरण सिर्जना गरे पनि वीरगञ्जको असहज परिस्थितिले व्यवसायी र होटल व्यवसायीहरूलाई निराश बनाएको छ।

शनिबारको घटनापछि वीरगञ्ज महानगरपालिका र ग्रिनसिटी सामुदायिकद्वारा संयुक्त रूपमा आयोजना गरिएको तीन दिने ‘रात्रि बजार मेला’ पनि हाललाई स्थगित गरिएको छ। नयाँ वर्ष २०८२ लाई भव्यताका साथ स्वागत गर्दै पर्यटक भित्र्याउने लक्ष्यसहित चैत २९, ३० र ३१ गते आयोजना गर्न लागिएको मेला सुरक्षाका कारण रोकिएको आयोजकले जानकारी दिएका छन्।

स्थानीय व्यवसायीहरू भन्छन्, ‘‘नयाँ वर्षको बेला व्यापारमा केही चहलपहलको आशा थियो, तर घटनाले सबै योजना चौपट बनायो।’’ प्रशासनले परिस्थिती सामान्य भएपछि मात्रै कार्यक्रम सञ्चालन र कर्फ्यु हटाउने तयारीमा रहेको जनाएको छ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः