एम्बुलेन्समार्फत् लागु औषध क्याप्सुल तस्करी गरेको आरोपमा ६ जना पक्राउ

spot_img

प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शुक्रबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका ३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स शंका लागेर चेक गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक समिर आलम, ३३ वर्षका मुन्ना अन्सारी, ४५ वर्षकी नोर्जान खातुन, १८ वर्षकी एक किशोरी र ८ वर्षका एक बालकलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी दिएको हो। एम्बुलेन्स चालक मोहम्मद उमर भने एम्बुलेन्सको चाबी लिएर राति नै फरार भए पनि शनिबार बिहान घटनास्थलभन्दा करिब १ किलोमिटरको दुरीमा पक्राउ परेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक गरी उक्त लागुऔषध काठमाडौं भित्र्याउन खोजेको बताएका छन्। उनीहरूले उक्त भारी मात्राको लागुऔषध नेपाली व्यक्तिको लागि ल्याएको बताएका छन्। यद्यपि उनी अहिले फरार रहेको र खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा प्रहरी चौकी भट्टेडाडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले एम्बुलेन्सभित्रबाट लागुऔषध ट्रामाडोल ९३८०० हजार क्याप्सुल बरामद गरेको हो। घटनास्थल प्रहरी चौकी भट्टेडाँडाबाट अन्दाजी १ किमी पूर्व पर्छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः