विमानस्थलबाट गाँजासहित दुई भारतीय महिला पक्राउ

spot_img

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम लागूऔषध थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।लागूऔषध नियन्त्रण ब्युरोको गौचरणस्थित विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले मलेसिया हुँदै नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार महम्मद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्।

ब्युरोका अनुसार उनीहरू कात्तिक ९ गते थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत काठमाडौं आएका थिए।नेपाल आउने हवाई यात्रुको प्रोफाइलिङ गर्ने क्रममा प्रहरीले उनीहरूलाई शंकास्पद मानी जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट १४ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।प्रहरीले गाँजासहित दुई थान पासपोर्ट र दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ।बरामद गाँजाको स्रोत, नेपाल ल्याउनुको उद्देश्य र सम्भावित कारोबारबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

उक्त लागूऔषध नेपालमा कसलाई बुझाउने तयारी थियो र घटनामा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः