बाराको सुवर्ण गाउँपालिकामा चोरीका घटना बढेपछि टोल सुरक्षा समिति गठन गरिने

spot_img

पर्सा, ११ कात्तिक। बाराको सुवर्ण गाउँपालिकाका विभिन्न वडामा चोरीका घटना बढ्दै गएपछि गाउँपालिकाले टोल सुरक्षा समिति गठन गर्ने निर्णय गरेको छ। स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै चोरीका घटना नियन्त्रण गर्न स्थानीय प्रहरीको निगरानीमा समिति गठन गर्न लागिएको हो।

गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले चोरीका घटनाको छानबिन गरी संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको छ।

बैठकले आगामी दिनमा चोरीलगायतका आपराधिक घटना रोकथाम गर्न सम्बन्धित स्थानीय प्रहरी चौकीका इन्चार्ज र नगर प्रहरीलाई समेटेर टोल सुरक्षा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमार्फत सूचना आदानप्रदान सहज बनाउन ह्वाट्सएप समूहसमेत बनाइने गाउँपालिकाले जनाएको छ।

त्यसैगरी, गाउँपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न गाउँपालिका प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरिएको छ।

चोरीका घटनाबारे आवश्यक छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय तथा स्थानीय तहबीच समन्वय बढाउने बैठकको निष्कर्ष छ।

बैठकमा गाउँपालिका अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रतिनिधि र नगर प्रहरी प्रमुखलगायतको उपस्थिति थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः