वीरगञ्ज, ०९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अन्य प्रतिवादीविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको अभियोग संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ सोमबार हेर्दाहेर्दै मा राखिएको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा बहस नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो । यसअघि सर्वोच्चले महान्यायाधिवक्ता सबिता भण्डारीले माघ २ गते गरेको त्रुटि सच्याउने नामको टिप्पणी आदेश र त्यससँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश दिएको थियो।महान्यायाधिवक्ताको पुस ३० को निर्णयले लामिछानेलाई र माघ २ को निर्णयले अन्य प्रतिवादीलाई सफाइ दिने गरी प्रक्रिया अघि बढेको दाबी गर्दै सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट दर्ता भएका थिए।यसअघि चार दिनको निरन्तर सुनुवाइ पछि चैत ५ गते न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछाने बाहेकको हकमा माघ २ गते गरेको अन्य प्रतिवादीको पनि कसुर संशोधन गर्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




