इन्दौरमा इलेक्ट्रिक कार चार्जिङबाट आगलागी, ७ जनाको मृत्यु

spot_img

वीरगंज । मध्य प्रदेशको इन्दौरमा बुधवार बिहान विद्युत शर्ट सर्किटका कारण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

 

घटना इन्दौरको बंगाली चौराहन नजिकैको एउटा कोलोनीमा बिहान करिब ४ बजे भएको हो। घटनाको समयमा अधिकांश घरका बासिन्दा सुतिरहेका थिए।पुलिस कमिशनर सन्तोषकुमार सिंहका अनुसार, घरको बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारमा शर्ट सर्किट भएर आगो सल्किन थालेको थियो।केही मिनेटमै आगो घरभित्र फैलियो। घरभित्र राखिएका करिब १५ वटा ग्यास सिलिन्डर आगोले विष्फोट भएका थिए। प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को विष्फोट भएका बताएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः