प्रसौनी उद्योग वाणिज्य संघको नेतृत्व पुनः साहकै हातमा

वीरगंज । सिमरा औद्योगिक क्षेत्रमा सक्रिय प्रसौनी उद्योग वाणिज्य संघको नेतृत्व पुनः तुलसी साहकै हातमा पुगेको छ। सिमरामा सम्पन्न संघको दोस्रो अधिवेशनले साहलाई सर्वसम्मत रूपमा अध्यक्षमा दोहोर्‍याउँदै दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिएको हो।

 

अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ। उपाध्यक्षमा अमरकान्त झा, महासचिवमा राजेश कुश्वाहा, कोषाध्यक्षमा अमित टिवडेवाल र सचिवमा सौरभ गुप्ता चयन भएका छन्। सदस्यहरूमा सुरेश कुमार गुप्ता, मनोज कलवार, पिंकि टिवडिवाल, अनुपमा गुप्ता, पुष्पा देवी, कन्हैया लाल साह, रामप्रवेश प्रसाद कुर्मी र केदार गौतम निर्वाचित भएका छन्।कार्यक्रम संघका संस्थापक संरक्षक भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने विशिष्ट अतिथिका रूपमा उपस्थित थिए भने श्रम तथा प्रशासन क्षेत्रका नवलकिशोर यादवको पनि सहभागिता रहेको थियो।स्थानीय उद्योगी व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न अधिवेशनको सञ्चालन तत्कालीन महासचिव केदार गौतमले गरेका थिए।

 

पुनःनिर्वाचित अध्यक्ष साहले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन, सीप तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन तथा उद्योगमैत्री वातावरण निर्माणलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने प्रतिबद्धता व्यक्त गरे।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः