जेनजी आन्दोलनका क्रममा प्रहरीको लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित एक पक्राउ

वीरगञ्ज, ४ फागुन । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पेस्तोल र ठुलो परिमाणमा गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरीले आइतबार छापा मारेको थियो ।खानतलासीका क्रममा घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाएको अवस्थामा ९८९ एमएमको १ थान पेस्तोल र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त हतियार र गोली सौगात थापा मगरले लुकाएको अनुसन्धानबाट खुलेको छ ।घटनामा संलग्न भनिएका सौगात थापा मगर भने हाल फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । लुटपाट र अवैध हतियार ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका राजवंशीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः