वीरगञ्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम मिचेर सञ्चालनमा, खुलेआम जुवातास, प्रशासनको मौनता

वीरगञ्ज । तराईका जिल्लामा सञ्चालनमा आएका मिनी क्यासिनोहरूमा आपराधिक गतिविधि बढ्दै गएका छन्। नियमानुसार मिनी क्यासिनोहरूले मेसिनबाट मात्र गेम खेलाउन पाउने व्यवस्था भए पनि स्थानीय प्रहरी र प्रशासनसँगको मिलेमतोमा ठूला क्यासिनोहरूमा झैं तास जुवाको खेल सञ्चालन हुने गरेको पाइएको छ।

यो पनि पढनुस् : अपराधको केन्द्र बन्दै वीरगञ्जका क्यासिनो : हुन्डी, देहव्यापार र अवैध गतिविधिको अखाडा किङ्गस क्यासिनो

वीरगञ्ज । वीरगञ्जका विभिन्न होटेलहरूमा सञ्चालित क्यासिनोहरू अपराधको अखाडा बन्दै गइरहेका छन् । विशेष गरी आदर्शनगरस्थित “लर्डस दियालो” होटेलको किङ्गस क्यासिनो यस्तो गतिविधिको केन्द्र बनेको पाइएको छ ।

स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा क्यासिनो सञ्चालक सुजन केसी (कमल) ले क्यासिनोमार्फत हुन्डी कारोबार गरिरहेको खुलासा भएको छ । भारतीय रुपैयाँको माग बढेपछि क्यासिनोबाट अवैध तरिकाले भारतीय रुपैयाँको हुन्डी हुने गरेको एक कर्मचारीले बताए । साथै, भारतबाट नेपाल भित्रिने अवैध सुनको कारोबारलाई समेत क्यासिनोले साथ दिइरहेको आरोप छ ।

पर्यटन विभागले अत्याधुनिक मेसिनबाट मात्रै खेल सञ्चालन गर्न स्वीकृति दिए पनि किंग्स क्यासिनोमा आधा दर्जनभन्दा बढी अवैध कार्ड गेमहरू (म्यारेज, किटी, फ्लास, वैकरेट) सञ्चालन भइरहेका छन् । नेपाली नागरिकको प्रवेश निषेध गर्ने कानुनी प्रावधान भए पनि यहाँ नेपालीहरूको सहज प्रवेश रहेको तथ्य बारम्बार सार्वजनिक भएको छ ।

स्थानीय प्रशासन र नेताको संलग्नता

स्थानीय प्रहरी प्रशासनदेखि सांसदहरूसम्मको सहयोगमा क्यासिनो सञ्चालन भइरहेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुङ्गटाको होटेल “लर्डस दियालो” मा सञ्चालित यो क्यासिनोले कानुनको खिल्ली उडाउँदै विभिन्न अवैध कार्यक्रमहरू आयोजना गर्ने गरेको छ ।

क्यासिनोमा प्रयोग गरिने तासका पत्ता दिल्लीबाट तस्करीमार्फत भित्र्याइने गरेको पाइएको छ । क्यासिनोको प्रवेशद्वारमा साङ्केतिक घण्टीको व्यवस्था गरिएको छ, जसले गर्दा प्रहरी छड्के जाँचका समयमा खेलाडीहरूलाई सुरक्षित रूपमा निकासी गर्ने प्रणाली सक्रिय गरिएको छ ।

स्थानीयवासीको चिन्ता

क्यासिनोको कारण सीमावर्ती क्षेत्रका नेपाली र भारतीय नागरिकहरूले आफ्नो आर्थिक र सामाजिक स्थितिमा ठूलो क्षति बेहोर्नु परेको छ । बैंक, बिमा, जग्गा, र सुनचाँदी व्यापारमा आबद्ध व्यक्तिहरू यहाँ नियमित देखिन्छन् ।

वीरगञ्जका स्थानीय बासिन्दाहरूले क्यासिनोहरूमा हुने यस्ता गतिविधिहरूको छानबिन र नियन्त्रणका लागि कडा कदम चाल्न सरकारसँग माग गरेका छन् । क्यासिनो सञ्चालक सुजन केसीसँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

नेपालमा दुई प्रकारका क्यासिनो सञ्चालन हुन्छन्। पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठूला क्यासिनो, जहाँ लाइभ जुवा खेलाइन्छ। दोस्रो, उपत्यका बाहिर सञ्चालन हुने मिनी क्यासिनो, जसमा मेसिनबाट मात्र गेम खेल्न पाइन्छ। तर, यो नियम उल्लंघन गर्दै वीरगञ्जको लड्स दियालो प्लाजामा रहेको किङ्गस् क्यासिनोमा खुलेआम तास जुवाको खेल भइरहेको खुलासा भएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः