कलैयामा लायन्स क्लबद्वारा नि:शुल्क आँखा शिविर पुस १२ गते हुने

वीरगञ्ज,०९ पुस । लायन्स क्लब अफ कलेया सिटीको आयोजनामा कलैयामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रदेशिक अस्पताल कलेयामा आयोजना हुने उक्त शिविर पुस १२ गते शनिबार बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।शिविरमा आँखाको नि:शुल्क जाँच गरिने र मोतियाबिन्दु रोगको छनोट भएका बिरामीहरूको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुर–८, बिरगंजमा नि:शुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ । उक्त शिविरमा केडिया आँखा अस्पतालको प्राविधिक सहयोग रहनेछ ।आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी उक्त शिविर आयोजना गरिएको लायन्स क्लब अफ कलेया सिटीले जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः