तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातिदेखि आवागमन खुलाउने तयारी

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा गएको पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ। सडक डिभिजन भरतपुरले बिहीबार दिउँसोसम्म ६० प्रतिशत पहिरो पन्छाइसकिएको जानकारी दिएको छ।थप पहिरो नगएमा वा कुनै बाधा आइनपरेमा आजै रातिदेखि आवागमन खुलाइने तयारी भएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक डिभिजनका अनुसार पहिरो पन्छाउन नारायणगढतर्फ एउटा स्काभेटर, एयटा लोडर, मुग्नलिनतर्फ एउटा स्काभेटरले र दुई वटा लोडर प्रयोग गरिएको छ।  त्यस्तै दुवैतर्फ ब्याकअपको रूपमा एक एक वटा लोडर राखिएको छ। ‘पहिरो पन्छाउने क्रममा नारायणगढतर्फ ठूल्ठूला ढुंगाहरूका कारण केही कठिनाइ भए पनि हामीसँग भएका उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्। पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरूका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन सकिरहेको छैन,’ सडक डिभिजन भरतपुरले भनेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः