पूर्वपति विष्णु सापकोटाको चेतावनीपूर्ण प्रतिक्रिया: “मौनतालाई कमजोरी नठान्न”

spot_img

एलिनाका पछिल्ला सार्वजनिक टिप्पणीपछि पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन्। सापकोटाले लेखेका छन्, “सम्बन्ध टुंगिएपछि हामीबीच व्यक्तिगत कुरा सार्वजनिक नगर्ने सहमति थियो। म आजसम्म मौन बसेको छु, तर यो मौनता मेरो कमजोरी होइन, न त सत्य स्वीकारेको संकेत हो।”

उनका अनुसार, आफूले माया गरेर घर भित्र्याएको व्यक्तिप्रति अझै पनि सम्मान राखे पनि बारम्बार लागेका ‘झुटा आरोप र खिसीटिउरी’लाई सहन नसक्ने बताए। उनले थपे, “यदि आवश्यक पर्‍यो भने, म सत्य बोल्न पछि हट्ने छैन। मेरो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ। त्यसलाई परिक्षण गर्ने जोकोही तयार रहुन्।”

सापकोटाको यो भनाइपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। धेरैले यो अभिव्यक्तिलाई दुवैबीचको विवाद सार्वजनिक रूपमा चुलिन सक्ने संकेतका रूपमा लिएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः