
- फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको ५१ औं दिन मनाइएको छ, जसको खुसी सबैमाझ साटियो।
- शनिबारको कार्यक्रममा निर्माण युनिटले केक काटेर खुसी मनायो, जहाँ कलाकार र रंगकर्मीको उपस्थिति थियो।
- फिल्मले देशव्यापी १० करोडभन्दा बढी कमाएको छ र अझै ४० हलमा प्रदर्शन भइरहेको छ।
काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको ५१ औं दिन मनाएको खुसी सबैमाझ साटेको छ । शनिबार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिटले केक काट्दै सेलिब्रेसन गरेको हो ।
फिल्मका कलाकार, फिल्मकर्मी, वितरक तथा रंगपत्रकारको बाक्लो उपस्थिति रहेको कार्यक्रममा निर्माण युनिटले वितरक, कलाकार र सहयोगीलाई मायाको चिनो समेत बितरण गरेको थियो ।
मुलुकका ४० भन्दा हलमा फिल्म अहिले पनि प्रदर्शनरत छ । फिल्मले देशव्यापी १० करोड बढी कमाइसकेको छ ।
कार्यक्रममा अभिनेता विपिन कार्की, मिरुना मगर र निर्देशक नवीन चौहान लगायतले फिल्म सबैको साथले सफल भएको भन्दै धन्यवाद दिए ।
आर्टमान्डूले निर्माण गरेको फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतको अभिनय छ ।




