रौतहट उद्योग वाणिज्य संघको साधारण सभा अलपत्र, कार्यालयमा ताला—परिसर सुनसान

spot_img

रौतहट उद्योग वाणिज्य संघले आज बिहान ११ बजेका लागि तय गरेको साधारण सभा अनिश्चित बनेको छ। सभाको समय भइसक्दासमेत संघको गेटमा ताला लागेको अवस्थामा देखिएको छ भने सम्पूर्ण कार्यालय परिसर सुनसान छ।

निर्धारित समयमा कुनै पनि पदाधिकारी वा कर्मचारी उपस्थित नभएको देखिएपछि सहभागीहरूमा निराशा र असमझदारी फैलिएको छ। साधारण सभाको स्थगन सम्बन्धमा संघको तर्फबाट कुनै आधिकारिक जानकारी पनि सार्वजनिक गरिएको छैन।

घटनापछि संघको आन्तरिक व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ। कतिपय व्यवसायीहरू र सरोकारवालाहरूले यसप्रकारको अव्यवस्थालाई संघप्रति बेवास्ता र गैरजिम्मेवारीपनको संकेत भनेका छन्।

साधारण सभा स्थगनको कारण के हो भन्ने विषयमा थप जानकारीका लागि संघका पदाधिकारीहरूबाट प्रतिक्रिया आउन बाँकी छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः