कान्सको प्रडुसर्स नेटवर्कमा शाही

काठमाडौँ — निर्देशक प्रदीप शाही कान्सको ‘प्रडुसर्स नेटवर्क २०२५’का लागि छनौट भएका छन् । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्स अन्तर्गतको यो नेटवर्किङ कार्यक्रमका लागि शाही छनोट भएका हुन् ।

यो कार्यक्रमअन्तर्गत शाहीले विश्वभरबाट छनोट भई नेटवर्किङका लागि उपस्थित हुने ४ सय निर्मातासँग भेट गर्न पाउनेछन्, उनीहरुसँग आफ्नो सम्बन्ध बढाउन पाउनेछन् र आगामी प्रोजेक्टबारे छलफल गर्दै निर्माताहरु खोज्न पाउनेछन् ।

साथै सहनिर्माणका लागि प्रस्ताव पनि राख्न पाउनेछन् । शाहीले प्रडुसर्स नेटवर्कका लागि निर्माणाधीन फिल्म पेस गरेको थियो ।

निर्देशक शाही निर्देशित आगामी तिहारमा ‘एक्लो’ प्रदर्शनमा आउने तयारीमा छ । यसअघि उनले ‘१९१५: लिजेन्ड अफ द गुर्खाज’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः