वीरगञ्जमा जारी धार्मिक तनावकाबीच माहोल झन् तनावपूर्ण बन्दै, टायर बालेर प्रदर्शन

spot_img

वीरगञ्ज । वीरगञ्जमा जारी धार्मिक तनावकाबीच माहोल झन् तनावपूर्ण बन्दै गएको छ। मंगलबार हिन्दुवादी युवाहरुले घण्टाघर, घडीर्वा पोखरी लगायत स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्।

केही दिनअघि हनुमान जन्मोत्सवको झाँकीका क्रममा भएको ढुंगामुढा प्रकरणपछि पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ।

स्थानीय प्रशासन र प्रदर्शनकारीबीच झन् तनाव चुलिँदै गएको छ भने स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः