एक्सनले भरिएको सनसनीपूर्ण पिताम्बर

spot_img

नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गते रिलिजमा आउने फिल्म पिताम्बरको सनसनीपूर्ण ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको एक्सनपूर्ण ट्रेलर सार्वजनिक गरिएको हो। अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट शुरू हुने ट्रेलरमा एक्सनका दृश्यलाई स्थान दिइएको छ। बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन्। बुढासुब्बा डिजिटल युट्यब च्यानलबाट सार्वजनिक ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई प्रस्तुत गरिएको छ।

फिल्मकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै फिल्म दर्शकका लागि समर्पण गरेको बताइन्। ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौँ। टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौँ’, कार्यक्रममा उनले भनिन्। निर्माता विशाल चौलागाईंले नेपाली फिल्म क्षेत्रलाई एउटा राम्रो फिल्म दिएको बताए।

केपी फिल्म र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहारी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काप्mले, रवीन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुसदत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेका छन्।

पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः