दीपावलीकाे उपलक्ष्यमा नेशनल मेडिकल कलेजमा आयाेजित रंगोली प्रतियोगितामा नर्सिङ कलेजकाे टाेली प्रथम

spot_img

वीरगन्ज,२१कात्तिक:दीपावलीकाे उपलक्ष्यमा वीरगन्ज-१५ मा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेजकाे टोली प्रथम भएको छ ।

कलेजको इभेन्ट कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रशासन, आईबीएमएस, नर्सिङ कलेज, नर्सिङ स्टाफ र डेन्टल गरी पाँच टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी टोलीहरूले रंगोलीमार्फत तिहारको सांस्कृतिक महत्त्व, परम्परा र मौलिकतालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको नतिजाअनुसार नर्सिङ कलेजकमे टोली प्रथम, आईबीएमएसकाे टोली द्वितीय र नर्सिङ स्टाफ टोली तृतीय भएका छन्। त्यसैगरी प्रशासन टोली चौथो र डेन्टल टोली पाँचौँ भएका छन् ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान तथा प्राचार्य प्रा. डा. के.एन. सिंहको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले रंगोली नेपाली तथा दक्षिण एसियाली चाडपर्वको सांस्कृतिक पहिचान, सिर्जनशीलता र सौन्दर्यको महत्वपूर्ण अभिव्यक्ति भएको बताए। उनले यस्ता प्रतियोगिताले विभिन्न विभागमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, एकता, सहकार्य र संस्थाप्रतिको अपनत्व बढाउन सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा उपप्राचार्य डा. रविशंकर गुप्ता, प्रा. डा. बबिता सिंह, प्रा. डा. सरोज देउ, प्रा. गंगा गुरुङ र प्रमुख वित्त अधिकृत मुकुन्द भुसाल थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। चौथो र पाँचौँ स्थान हासिल गर्ने टोलीलाई समेत सान्त्वना पुरस्कारस्वरूप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रमाणपत्र कलेजका अध्यक्ष अन्सारीले वितरण गरेका थिए ।

कार्यक्रमको नेतृत्व इभेन्ट कमिटीका अध्यक्ष तथा प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरीले गरेका थिए। कमिटीको सदस्य–सचिवमा ऋचा सिंह तथा सदस्यहरूमा जितेश चन्द्र दास, विश्वनाथ कण्ठ, केशव भण्डारी, ब्रजकिशोर चौधरी र सन्तोष पोखरेल थिए ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः