बारामा जुवातास खेलिरहेकाे अवस्थामा ८ जना पक्राउ

spot_img

पर्सा,२१कात्तिक:बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका–१८ कटाटाेलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति कटाटोलस्थित स्थानीय गोरीमाया तामाङको बाख्राको गोठमा जुवातास खेलिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उक्त स्थानमा पुगेर जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका–१७ निवासी ३१ वर्षीय उपेन्द्रप्रसाद साह, ६१ वर्षीय मिनबहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिम्बु चौधरी, ४९ वर्षीय सितलाल तामाङ र ३० वर्षीय वाङ तामाङ रहेका छन्।

त्यसैगरी कलैया उपमहानगरपालिका–२१ निवासी ५५ वर्षीय देवचन्द्रप्रसाद चौधरी र ३१ वर्षीय रमेश साह पनि पक्राउ परेका छन्।

पक्राउ परेका आठै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको बाराका प प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः