बाराका अन्सारीसहित दुई जना आधा किलो बढी सुनसहित विमानस्थलबाट पक्राउ

spot_img

काठमाडौं,८असोजः काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो भन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी र बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय अनिस अन्सारी रहेका छन् ।

कतारको दोहा हुँदै काठमाडौं आएका भारतीय नागरिक थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।

त्यस्तै कतारबाटै आएका बाराको पचरौता नगरपालिका–१ पिपरपात्ीका अन्सारीको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ ।

दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः