वीरगन्ज,७असाेज:वीरगन्जमा प्रहरीले तस्करीको आशंकामा करिब २१ लाख रुपैयाँ मूल्य बराबरको ओैषधिसहितका सामान बरामद गरेकाे छ।
वीरगन्ज-१६ इनर्वा र छपकैयाबाट प्रहरीले २० लाख ८१ हजार २२० रुपैयाँ मूल्य बराबरको ओैषधि र खाद्यान्न सामग्री बरामद गरेकाे छ।
भारतबाट भन्सार राजस्व छलेर ल्याइएको अवस्थामा ती सामानहरु नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






