नेपाल प्रहरीलाई मधेश सरकारको ३५ मोटरसाइकल सहयोग

spot_img

मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका विभिन्न प्रहरी युनिटका लागि ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

शान्तिसुरक्षा कायम गर्न, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा प्रहरीको नागरिकसम्मको पहुँच विस्तार गर्ने उद्देश्यले गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार मोटरसाइकल वितरण गरेको हो ।

मन्त्रालयका मन्त्री फकिरा महतोले मधेश प्रदेश विपद्को उच्च जोखिममा रहेको र प्रदेशमा अपराध नियन्त्रणका लागि प्रहरीको परिचालनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको उनको भनाइ छ ।

मन्त्री महतोले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चाबी तथा ब्लुबुक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा डीआईजी अधिकारीले मधेश प्रदेशमा अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले प्रभावकारी रूपमा काम गरिरहेको बताए । प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधनले प्रहरी परिचालन तथा सेवा प्रवाहमा थप सहजता पुग्ने उनले बताए ।

मधेश प्रदेश सरकारले यसअघि पनि नेपाल प्रहरीलाई १२ थान महिन्द्रा पिकअप उपलब्ध गराइसकेको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः