जीतपुरसिमराका विद्यालयहरू आज र भोलि बन्द हुने

spot_img

वीरगञ्ज,०८ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयको पत्राचार तथा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी असोज ८ र ९ गते नगरभरिका सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाद्वारा असोज ८ गते जारी सूचना अनुसार देशका विभिन्न भागका साथै यस क्षेत्रमा पनि भारीदेखि अति भारी वर्षा, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेकाले सुरक्षाको लागि यो कदम चालिएको हो।

उपसचिव शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई दुई दिनका लागि पठनपाठन स्थगित गरी विद्यार्थीहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।

 

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः