काठमाडौंनेपाली कथानक चलचित्र ‘बुलबुल’ पाचौं जाफ्ना इन्टरनेशनल सिनेमा फेष्टिबलका लागि छनोट भएको छ | जाफ्ना इन्टरनेशनल सिनेमा फेष्टिबल सेप्टेम्बर ३-९ तारिकसम्म श्रीलंकामा हुँदैछ |
नेपाली कथानक चलचित्र ‘बुलबुल’ पाचौं जाफ्ना इन्टरनेशनल सिनेमा फेष्टिबलका लागि छनोट भएको छ | जाफ्ना इन्टरनेशनल सिनेमा फेष्टिबल सेप्टेम्बर ३-९ तारिकसम्म श्रीलंकामा हुँदैछ |
निर्देशक विनोद पौडेलले निर्देशन गरेको सोसल ड्रामा ‘बुलबुल’ मा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् |
जाफ्ना इन्टरनेशनल सिनेमा फेष्टिबलमा नेपालसंगै अफगानिस्तान, भारत, भुटान, फिलिपिन्स, न्युजील्याण्ड र बंगलादेशका चलचित्र पनि छनोट भएका छन् |
जाफ्ना इन्टरनेशनल सिनेमा फेष्टिबलमा कथानक चलचित्रसंगै सर्ट फिल्म पनि समावेश हुन्छन |
‘बुलबुल’बाट पौडेलले उत्कृष्ट निर्देशकको राष्ट्रिय अवार्ड जितेका थिए भने स्वस्तिमाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् |




