बंगरी नदी प्रदूषणविरुद्ध युवाहरु आन्दोलित, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

spot_img

वीरगन्ज । बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डष्ट्रिजले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै स्थानीय युवाहरूले आइतबार प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।श्रीपुर मनहर्वास्थित चिनी मिलले रासायनिक फोहोर पानी सिधै नदीमा मिसाउँदा ब्रह्मपुरीदेखि त्रिवेणीसम्मका करिब ५० गाउँ प्रभावित भएका युवाहरूको भनाइ छ।

छठ पर्वमा भक्तजनले प्रदूषित नदीमै अर्घ दिन बाध्य भएको भन्दै उनीहरूले तत्काल प्रदूषण रोक्न र उद्योगमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।संविधानको धारा र वातावरण संरक्षण ऐनको उल्लङ्घन भएको भन्दै युवाहरूले माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः