नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्।
बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजीतिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले आफूलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर वैज्ञानिक प्रणालीअन्तर्गत नेतृत्वको विषयलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
त्यस्तै पार्टी एकता र ध्रुवीविकरणका विषयमा विचार मिल्नेसँग पार्टी एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रूपान्तरण गर्नका लागि सघन छलफल भइरहेको अध्क्ष प्रचण्डले बताएका थिए। घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि प्रभावकारी भूमिका खेल्ने र विशेष महाधिवेशनका साथै निर्वाचनमा टिकट वितरण गर्दा युवाहरूको प्रतिनिधित्व अधिकतम सहभागीता गराउने विषयमा प्रचण्डले जोड दिएको प्रवक्ता सापकोटाले बताए।




